सुकु हत्या काण्ड: सुन र आइफोन लुट्न हत्या गरेको निष्कर्ष

... त्यसपछि भयो हत्या

पाेखरा | साउन ४, २०८१

सुकु हत्या काण्ड: सुन र आइफोन लुट्न हत्या गरेको निष्कर्ष

पोखरा:      पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा भएको हत्याकाण्ड सुन र आइफोन लुट्नको लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ । 


गतसालको मंसिर ५ गते नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा तनहुँको भिमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी थिईन् । 


विकको हत्या भएको ८ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले सुन र आइफोन लुत्ने योजनासहित हत्या गरेको अभियुक्तले साबिती बयान दिएको बताएको छ ।  । सुकु विकको हत्या गरेको अभियोगमा प्रहरीले बागलुङको गलकोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरेको हो ।


... त्यसपछि भयो हत्या


तनहुँको भिमादकी ३८ वर्षिया सुकु विकको साथमा मंसिर ५ गते होटल युनिकमा गएका सञ्जयले सुकुको हत्या गरेर फरार रहेको खुल्न आएको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । 


‘गतवर्षको मंसिर ५ गतेसँगै होटलमा गएका सञ्जयले सुकुको हत्या गरेको साबिती बयान दिएका छन्, प्रहरी उपरीक्षक थापाले भने, ‘हत्या लुटपाटको लागि भएको देखिएको छ, सञ्जयको पृष्ठभुमी अपराधिक किसिमको देखिएकाले हत्यापछि सुन र आइफोन लुटेर गएका छन् ।’


होटलमा सुकुको हत्यापछि सञ्जयले आइफोन १३ प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर गएको देखिएको छ । 


त्यसपछि उक्त फोन काठमाडौंमा गएर ४० हजार ५ सय बेचेपछि अनुसन्धानको क्रममा सञ्जयले नै हत्या गरेको खुल्न आएको एसपी थापाले बताए ।
 

यो पनि पढ्नुहोस

 


‘सुकुको हत्यापछि सञ्जयले लुटेको मोबाइल काठमाडौंमा गएपछि महोत्तरीका एक व्यक्तिलाई ४० हजार ५ सय बिक्री गर्छन, उनले भने, ‘बिक्री भएको फोन केन्द्रिय अनुसन्धान ब्यूरोले राजेश बुढाथोकीको साथबाट फेलापछि उक्त फोन सञ्जयले बिक्री गरेकाले उनले नै हत्या गरेको अनुसन्धानको खुल्न आएको हो ।’


अनुसन्धानको क्रममा प्रहरीले सुकु वि.कलाई होटल लैजाने र आइफोन बिक्री गर्ने व्यक्ति सञ्जय नै एकिन भएकाले उनको कोठा खान तलासी गर्दा हत्या गर्दाको समयमा लगाएको कपडा र मोबाइल बराम भएको एसपी थापाले बताए । 


सञ्जयको कोठामा बरामद भएको मोबाइलमा सुकु विकको मोबाईल स्क्रिनसट गरी राखिएको तस्वीर र विकको आइफोन समाई फोटो खिचेको तस्वीर समेत फेला परेको उनले बताए । 


एसपी थापाका अनुसार सञ्जयको पृष्ठभुमी आपराधिक गतिविधिको भएकाले सुन र आइफोन लुत्नको लागि सुकुको हत्या गरेको हुन सक्ने बताए । 


अनुसन्धानको क्रममा संकलन भएको कागजातको आधारमा सुकु वि.कको हत्या संजय विकले नै गरेको पुष्टी भएपछि जाहेरीवालाबाट जाहेरी दिएपछि जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर टोली खटाएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनलाई चितवनको गैडाकोट नगरपालिका १२ हर्कपुरबाट गत २ गते पक्राउ गरेको हो ।  सञ्जय यसअघि २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । भने उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा चलेको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्